धादिङ । नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाले सिद्धलेक गाउँपालिका–२ नलाङस्थित ठाँटीभञ्ज्याङमा सरसफाई कार्यक्रम गरेको छ।
बिहिबार रेडक्रस उपशाखाले वडा नं २ को सहकार्यमा ठाँटीभञ्ज्याङका बिभिन्न क्षेत्रमा सरसफाई गरेको हो।
आफ्नो टोल आफैँ सरसफाइ गर्नुपर्छ भन्ने सन्देशसहित जनचेतना जगाउन सरसफाई कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने भएकाले स्थानीयवासी र वडासँग सहकार्य गरि कार्यक्रम आयोजना गरिएको उपशाखाका सभापती अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो।
कार्यक्रमका क्रममा ठाँटीभञ्ज्याङको विभिन्न १० स्थानमा डस्विन राखिएको उहाँले बताउनुभयो ।
अब छिट्टै हरेक टोलमा टोल विकास समिति गठन गरी हरेक गाउँ टोल पूर्ण रुपमा सफा राख्न सरसफाई कार्यक्रमलाई निरन्तरता दिने बताउनुभएको छ ।
उहाँले रेडक्रसको सेवालाई अझै प्रभावकारी रूपमा कार्यान्वयन गराई सामाजिक कार्यमा सक्रिय रहने बताउनुभयो ।
यसैगरी रेडक्रस सोसाइटी नलाङ उपशाखाको कार्यालय ठाँटीभञ्ज्याङमा स्थापना गरिएको छ ।
वडाध्यक्ष शम्भु गुरुङ (सागर) को प्रमुख आतिथ्यतामा पहिलेको वडा कार्यालय भवनमा रेडक्रस कार्यालय स्थापना गरिएको हो ।
कार्यक्रममा वडा नं २ का जनप्रतिनीधिहरुसँगै स्थानीय प्रवुद्ध व्यक्तित्वहरुको सहभागीता रहेको थियो । नेपाल रेडक्रस सोसाईटी नलाङ उपशाखाले रक्तदान कार्यक्रम लगाएत बिभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |