धादिङ । समूदायले संरक्षण गरेर राखेका सामुदायिक बनहरु अधिकांस डढेलोबाट सखाप भए । धादिङ जिल्ला नेपालकै धेरै सामुदायिक बन भएको जिल्ला हो ।
खासगरि सदरमुकाम धादिङबेसी आसपासको क्षेत्रका सामुदायिक र सरकारी जंगल सबैजसो डढेलोको चपेटामा पर्दा संरक्षित जनावरहरु समेत मरेको संरक्षणकर्मीहरुको भनाइ छ ।
संरक्षित सूचिमा रहेको सालक धादिङका सामुदायिक बन र सरकारी बनमा अत्याधिक पाइन्छ । तर बन डढेलोका कारण कति यस किसिमका जनावर मरे भन्ने तथ्यांक समेत डिभिजन बन कार्यालयसंग छैन ।
सालक संरक्षण अभियान र सालक संरक्षणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै सरकारी रकम खर्च गर्दै आएको डिभिजन बन कार्यालयले बन जंगलको क्षतिबारे यकिन तथ्यांक समेत राख्न सकेको छैन ।
सात सय भन्दा बढी सामुदायिक बन रहेको धादिङमा चैत महिनामा मात्र ३१ वटा डढेलोको घटनामा २५ वटा त सामुदायिक बनमा डढेलो लाग्दा ९६ दशमलब ५ हेक्टर बन सखाप भएको डिभिजन बन कार्यालय धादिङका सूचना अधिकारी टंकनारायण श्रेष्ठले बताउनुभयो ।
बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को सामुदायिक वनमा लागेको डढेलो निभाएर घर फर्किने क्रममा एक जनाको मृत्यु समेत भएको छ ।
डढेलो नियन्त्रणका लागि बन कार्यलयले सरकारी कोषबाट रकम खर्च गर्दै केही स्वयंसेवक समेत नियुक्त गरेर डढेलो नियन्त्रण कार्यक्रम संचालन गरेकै दिनबाट धादिङमा डढेलोका घटनाहरु भएको पाइएको छ । डिभिजन बन कार्यालमा डढेलो र यसबाट पुगेको क्षतिबारे बन जंगलको संख्याबाहेक कुनै तथ्यांक समेत छैन ।
डढेलो लाग्नुमा मानवीय कारण कारक रहेको छ। डढेलोबाट भूईँका पुनरूत्पादनहरूमा क्षति पुगेको छ ।अधिकांस बनमा खेतबारीमा मल आउँछ, जनावर चराउन पाइन्छ वा दाउरा ल्याउन पाइन्छ भनेर डढेलो लगाउने गरेको पाइएको भएपनि डढेलो लगाउने लाई कारबाही भएको छैन ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा दाउरा घाँस ल्याउन घर छेउको जंगलमा डढेलो लगाइदिँदा एक घर र ५ गोठ जलेर नष्ट भए ।
आगो लगाउने समेत पत्ता लागेर कारबाहीको लागि निवेदन दिँदा वडा अध्यक्षले समेत कारबाही गर्न हुन्न भनेर आगो लगाउनेको पक्ष लिएको पीडितले बताए । केही बनमा मात्र असावधानीले डढेलो लाग्ने गरेको पाइएको छ ।
संरक्षणको अभियान संचालन भइरहने र उपभोक्ताहरुबाट नै आगो लगाउने प्रवृत्ति बढेको बन संरक्षणकमीहरुको भनाइ छ।
डढेलोका कारण बाँदर लगायतका जंगली जनावरको खानेकुरा नष्ट हुने,धेरै किसिमका जनावर र संरक्षित जनावरहरु मर्ने,सर्प लगायतको जिवहरु नष्ट भएर मानव जिवन संकटमा पर्ने जस्ता कुरा संरक्षणकर्मीको छ भने डढेलोले जलवायु परिवर्तनमा समेत भूमिका खेलेको संरक्षणकर्मी भूमिरमण नेपालको भनाइ छ ।
यो समाचार सिताराम अधिकारीले नेपाल समाचारपत्रमा लेख्नुभएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |