धादिङ,१३ भदौ।
धादिङमा डेंगी संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
संक्रमणबाट खनियाबास गाउँपालिका वडा नं ४ की ९० वर्षीया फैसाङ तामाङको मृत्यु भएको धादिङ अस्पतालका सूचना अधिकारी डा.रामचन्द्र रिजालले जानकारी दिनुभयो ।
तामाङलाई अन्य रोगसँगै डेंगी संक्रमण भएपछि गत बिहिबार धादिङ अस्पतालमा भर्ना भएकी थिईन ।थप उपचारको लागी शनिबार काठमाडौँ रिफर गरिएको र काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको सूचना अधिकारी डा.रिजालले बताउनुभयो।
योसँगै धादिङमा डेंगीबाट मृत्यु हुनेको संख्या २ पुगेको छ । यसअघि ज्वालामुखी गाउँपालिका ७ की ७५ वर्षीया राममाया छत्कुलीको मृत्यु भएको थियो ।
यसैगरी पछिल्लो २४ घण्टामा धादिङका ५१ जनामा संक्रमण पुष्टि भएको छ।थप २२ जना पुरुष र २९ जना महिला गरी ५१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ३९ जना, गंगाजमुनाका ३ जना, ज्वालामुखीका ३ जना, त्रिपुरासुन्दरीका २ जना, सिद्धलेकका १ जना, रुवीभ्यालीका १ जना र धुनिवेशीका १ जना रहेका छन्।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ४५३ पुगेको छ।जसमा पुरुष १२ सय, महिला १२ सय ५३ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये २ हजार ७६ जना निलकण्ठका मात्रै छन् ।
डेङ्गी लामखुट्टेबाट सर्ने रोग हो ।पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ ।ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।
डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगाएतका हुन्।
लाम्खुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्ने , खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने, घरको झ्यालढोकामा जाली हाल्ने, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने प्रमुख उपाय हुन्।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |