धादिङ ।तिब्बती नागरिकलाई नागरिकता दिएको विषमा नागरिकता लिने मूख्य अभियुक्त सहित चारजनालाई पुरपक्षका लागि थुनामा पठाएको छ।
जिल्ला अदालत धादिङका जिल्ला न्यायधिस गोपाल प्रसाद वास्तोलाको इजलासले विदेशीलाई नागरिकता दिलाएको मुद्दामा सम्लग्न भएको आरोपमा तिब्बती नागरिक छिरिङ डोण्डुप, सिन्धुपाल्चोकका छिरिङवाङदी शेर्पा र धादिङको खनियाबास गाउँपालिका वडा नम्बर ५ का रामेश्वर रिजाललाई पुरपक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
यसैगरि सोही मुद्दाका प्रतिवादी नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ का मदनबहादुर तामाङ र जिल्ला प्रशासन कार्यालयका सुब्बा कृष्णप्रसाद थपलियालाई भने जिल्ला अदालतले ५१÷५१ हजार धरौटीमा रिहा गरेको छ।
तिब्बती नागरिक सोनाम तामाङ भन्ने सोनाम वाङदेलले धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर १ ठेगाना राखेर ०८१ असार ६ गते जिल्ला प्रशासन कार्यालय धादिङबाट जारी गरेको नेपाली वंशजको नागरिकतामा झुटा विवरण देखाइ नागरिकता दिएको, मुद्दा संगै झुटा विवरण पेश गरेर राष्ट्रिय परिचयपत्र बनाएको, राहदानी बनाउने प्रकृया समेत थालेको कसुरमा जिल्ला सरकारी वकिल कार्यालयले मुद्दामा प्रतिवादी बनाइ तिब्बती नागरिक डोण्डुप, सिन्धुपाल्चोकका शेर्पा र धादिङ खनियाबासका रिजाललाई तिन ओटा कसुरमा अभियोजन गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी अभिवक्ता रबिन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
काठमाण्डौको जुवा खेलिरहेको अवस्थामा तिब्बती नागरिक डोण्डुपलाई प्रहरीले असोज ४ गते पक्राउ गरेपछि नागरिकता किनेको र आफ्नो ठेगाना तिब्बत बताएपछि विदेशीले धादिङबाट नागरिकता जारी गरेको देखिएको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाण्डौले अनुसन्धानपछि घटनाबारे उल्लेख गरेर जिल्ला प्रशासन कार्यालयका सुब्बा थपलिया बाहेकलाई जिल्ला प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।
प्रहरीले लामो अनुसन्धानपछि थुनछेक बहससंगै चारजनालाई कारागार चलान गरेको छ भने २ जना धरौटीमा छुटेका हुन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |