धादिङ–चौथो खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा धादिङले २ स्वर्णसहित १६ पदक प्राप्त गरेको छ।
काठमाडौंको त्रिपुरेश्वरस्थित कर्भड हलमा उही असोज ६ गते र ७ गते भएको प्रतियोगितामा धादिङलाई २ स्वर्ण, ४ रजत र १० कास्य सहित १६ पदक प्राप्त भएको हो ।
प्रतियोगितामा ४१ किलो तर्फ धादिङका नवीन तामाङ र ३० किलो तर्फ जेनिसा थापा मगरले स्वर्ण जिते ।त्यस्तै ५३ किलो तर्फ सुस्मिता महत्तो, २८ किलो तर्फ प्रयास गिरी,४८ किलो तर्फ उमा तामाङ र पुम्से तर्फ अञ्जना तामाङले रजत जितेका छन् ।
त्यसैगरी ४१ किलो तर्फ करण घले, २७ किलो तर्फ विनिसा श्रेष्ठ र विज्ञा श्रेष्ठ, ४५ किलो तर्फ शुभ श्रेष्ठ, ३१ किलो तर्फ ओसन गुरुङ, २७ किलो तर्फ दीप सागर राना मगर, ६३ किलो तर्फ पासाङ तामाङ, पुम्से तर्फ सारिका बराइली, एलिस तामाङ र कामना गुरुङले कास्य पदक प्राप्त गरेका छन ।
भारत, भुटान लगाएतका देश सहभागी उक्त प्रतियोगितामा धादिङबाट ५० जनाभन्दा बढी खेलाडीहरु सहभागी थिए।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |