धादिङ । थाक्रे गाउपालिका ५ पुरानडाडा घट्टे खोलामा आगलागीबाट दुईजनाको मृत्यु भएको छ ।
बुधबार बेलुका तेज बहादुर लामाको घरमा आगलागी हुँदा ७० वर्षीय तेज बहादुरसँगै उहाँको पत्नी ठुली लामाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ढुङ्गा माटोले बनेको घरमा बेलुका करिब १०:१५ बजे तिर एक्कासि आगलागी हुँदा दम्पतिको ज्यान गएको र आगलागीबाट घरमा रहेको अन्न पात लत्ता कपडा लगाएत घर पुरै जलेर नष्ट भएको थाक्रे-५का वडा अध्यक्ष सन्त बहादुर लामाले जानकारी दिनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |