धादिङ । धादिङको थाक्रे गाउँपालिका–८ मा बोलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । अन्य ५ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा थाक्रे–८ काउलेका ८० वर्षिय शेर बहादुर तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार दिउँसो नौबिसेबाट काउले जाँदै गरेको बा १६ च ८११३ नम्बरको सिङ्गल क्याबिनका बोलेरो सडकबाट करिब १५० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय खानीखोलाले जनाएको छ ।
घाईते हुनेहरुमा सोहि ठाउँका चालक विष्णु स्याङ्ताङ, शरण तामाङ, विष्णु तामाङ, शर्मिला तामाङ र राम विश्वकर्मा रहेका छन् ।घाईतेहरुको काठमाण्डौँ स्थित ट्रम सेन्टरमा उपचार भैरहेको छ ।
मृतक तामाङको शव धार्के स्थित साईबाबा सामुदायिक अस्पताल बाट पोस्ट मार्टमको लागि गजुरी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |