धादिङ,२५ ज्येष्ठ ।
सिद्धलेक गाउँपालिकामा दलित, एकल महिला, सिमान्तकृत तथा विपन्न परिवारलाई बाख्रा वितरण गरिएको छ ।
लक्षितवर्गको जिविकोपार्जनको लागि बुधबार गाउँपालिकाको पशु शाखाले बाख्रा वितरण गरेको हो । गाउँपालिकाकी उपाध्यक्ष सविता अर्यालले ७ वडाका ३४ जनालाई २ वटाको दरले बाख्रा वितरण गर्नुभएको पशु सेवा शाखाकी पशु प्राविधिक हिरामाया तामाङले बताउनुभयो।
विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्न र बाख्रा पालनबाट किसानहरूको आर्थिक जीवनस्तर माथि उठाउनका लागि बाख्रा वितरण गरिएको तामाङले बताउनुभयो ।
वितरण गरिएका बाख्राहरुको स्याहारसुसारमा उत्कृष्ट हुनेलाई आगामी वर्ष पुरस्कृत समेत गरिने पशु प्राविधिक तामाङले बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |