धादिङ,२६ बैशाख ।
नेपाल दलित मुक्ति मोर्चाको अध्यक्षमा दलजीत श्रीपाली निर्वाचित हुनुभएको छ ।
बैशाख २३ देखी २५ गतेसम्म काठमाडौँमा भएको नेपाल दलित मुक्ति मोर्चाको छैटौं राष्ट्रिय सम्मेलनले श्रीपालीको अध्यक्षतामा २७ पदाधिकारी सहित १९९ सदस्यीय कार्यसमिति सर्वसहमत निर्वाचित गरेको छ ।
जसको उपमहासचिव पदमा चयन धादिङका दिपक विश्वकर्मा निर्वाचित हुनुभएको छ । विश्वकर्मा धादिङको नीलकण्ठ नगरपालिकाका उप–प्रमुख हुनुहुन्छ ।
नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चाको सम्मेलनको शनिबार प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नुभएको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |