धादिङ आवाज फाल्गुन । सरकाले भुकम्प पिडितहरुलाई व्यक्तिगत आवास पुन निर्माणका लागी अनुदान स्वरुप दिईएको दोस्रो किस्ताको रकम दिन बैकहरुले गरेको विलम्वका कारण आफुहरुलाई समस्या परेको पिडितहरुको भनाई छ । खास गरी निजी वित्तिय संस्थाहरुले भुकम्प पिडितहरुका लागी दिने रकमका लागी दुई तिन दिन लगाउने गरेका कारण समस्या परेको उनिहरुको भनाई छ । कहिले बैकमा काम गर्ने कर्मचारी नभएको, कहिले रकम नभएको भन्दै भुकम्प पिडितहरुलाई भने अनुदानको रकम भुक्तानीमा भुलाउने गरेको पिडितहरुको भनाई छ । जस्का कारण ग्रामिण क्षेत्रबाट दोस्रो किस्ताको रकम लिन सदरमुकाम आउने लाभग्राहीहरुले समस्या भोग्नु परेको भनाई छ । उनिहरुले दुई दिन लगाएर सदरमुकाम आउनु पर्ने बाध्यता एकातिर भएसंगै आर्को तिर वित्तिय संस्थाहरुले फेरी रकम भुक्तानीका लागी दुई तिन दिन लगाउने भए पछी रकम लिनका लागी नै एक हप्ता समय खर्च गर्नु पर्ने पिडितहरुको भनाई छ । सरकराले भने दोस्रो किस्ताको रकम स्वकृत गरे पछी बैकमा रकम पठाएको रकम लाभग्रहीहरुलाई लिन आएको खण्डमा तत्काल दिनु पर्ने निर्देशा भएको छ । तर धादिङका सबै जसो निजी क्षेत्रका वित्तिय संस्थाहरुले भने लाभग्रहीहरुलाई रकम भुक्तानी समयमा नगर्ने गरेका छन् । गाँउ गाँउमा वित्तिय संस्थाहरु नभएका कारण पनी यस्तो समस्या उत्पन्न भएको हो । जिल्लाका सबै जसो गाँउपालीकाहरुबाट पुन निर्माणका लागी सरकराले दिईएको अनुदानको रकम लिनका लागी सदरमुकाम आउनु पर्ने बाध्यतामा लाभग्रहीहरु रहेका छन् । यसरी सदरमुकामसम्म अनुदानको रकम लिन आउनु पर्दा समयको पनी र पैसा खर्चनु पर्ने पिडितहरुको भनाई छ । सरकाले आफुहरुलाई गाँउ गाँउमा नै अनुदानको रकम दिलाईदिनु पर्ने ब्यवस्था गरिदिन समेत धादिङका लाभग्रहीहरुको भनाइ छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |