धादिङ,१४ बैशाख ।
दोस्रो चरौँदी कृषि तथा पर्यटन मेला आजदेखी सुरु हुदैँ छ ।
जिल्ला होटल संघ धादिङको आयोजना,चरौँदी समाज सुधार युवा क्लबको सहआयोजना र नारायणी फेयर एक्जिवसन नेपाल चितवनको व्यवस्थापनमा आजदेखी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नं.७ चरौँदी बजारमा चरौदि कृषि तथा पर्यटन मेला हुने भएको हो ।
मेलाको बागमती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री युबराज दुलाल (शरद)ले उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला होटल संघ धादिङका अध्यक्ष रामशरण सिलवालले जानकारी दिनुभयो ।
मेलामा धादिङको तरकारी पकेट क्षेत्रको रुपमा लिईने चरौंदी बजारमा हुने मेलामा चेपाङको नमुना घर, भेष भुसा, स्थानिय घरेलु उत्पादन, निशुल्क स्वास्थ्य शिविर,औद्योगिक उपकरणहरु, त्रिशुलीमा ¥याफ्टीङ, क्यानोनिङ, कार्वन भ्यूटावर, रिचोक टावर, सुदर नागी लगायत प्रदशन रहने अध्यक्ष सिलवालले बताउनुभयो ।
मेलामा बिभिन्न समुदाय को झाकीँ राष्ट्रिय तथा स्थानिय कलाकारहरुको प्रस्तुती रहने छ भने मेलामा बाल मैत्री देखी कृषि पर्यटनलाई मुख्य आकर्षक केन्द्र रहने सिलवालले बताउनुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उप शाखा चरौदीले बैशाख १६ गते बृहत रक्तदान कार्यक्रम पनि आयोजना गरेको छ ।मेला बैशाख २४ गतेसम्म सञ्चालन हुने छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |