धादिङ आवाज फाल्गुन । हरेक दिन चुलाचौकामा मात्र ब्यस्त देखीने धादिङका ग्रामिण क्षेत्रका महिलाहरु हिजोआज आयआर्जनका लागी ढाका कपडा बुन्ने लगायतका काममा ब्यस्त हुन थालेका छन् ।
कृषी पेसामा मात्र निर्भर ग्रामिण महिलाहरुका लागी आर्जन गर्ने बलियो माध्यम केही नभए पछी धादिङका धेरै जसो गाँउपालीकाहरुले महिलाहरुको आयआर्जन बृद्धि गरी उनिहरुको आर्थिक स्थर उकास्नका लागी विभिन्न सिपमुलक तालिमहरु दिए पछी महिलाहरु यस्ता काममा लाग्न थालेका हुन् ।
गाउँ गाँउमा नै जिल्ला घरेलु कार्यालयले र सम्वन्धित् गााउपालीकमाहरुका बडा कार्यालयहरुको आर्थिक सहयोगमा कपडा बुन्ने तान सहित तालिम समेत दिई सान साना घरेलु उद्योगहरु चलाउन उत्साहीत गरेको हो । जस्बाट महिलाहरुले राम्रो आम्दानी समेत गर्न सक्ने भएको छ । विहान बेलुकी घरको काम धन्दा सकिए पछी फुर्सदको समयमा काम गर्न सक्ने र आम्दानी पनी राम्रो हुने उनिहरुको भनाई छ । आजकाल फुर्सदको समयमा समेत आर्थिक आम्दानी हुने गरेको महिलाहरुको भनाई छ । आर्थिक आम्दानी गर्न थाले पछी घर चलाउन र आफ्ना बालबच्चाहरुको शिक्षाका लागी समेत सहज भएको उनिहरुले बताएका छन् ।
अहिले सिद्धलेक गाँउपालीका स्थित नलाङ्गबाट भने यसलाई अभियानकै रुपमा चलाउन थालेको छ । पहिले चरणमा जनजातीहरुको मात्र बसोवास रहेको नलाङ्ग स्थित पात्लेमा प्रत्येकका घरका महिलाहरुलाई ढाका कपडा बुन्ने पोसामा लगाईएको छ ।
स्थानीय रुपमा यसरी उत्पादन गरेको बस्तुहरुलाई गाँउपालीकाहरु आफैले बजारको समेत ब्यवस्थापन गर्न थालीएको छ । महिलाहरुले फुर्सदको समयमा गरेका यस्ता कामले विसदेखी पैतिस हजारसमम आम्दानी गर्न थालेको बताएका छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |