धादिङ।धादिङका थप ६ जनामा स्क्रब टाइफस संक्रमण भएको छ ।आज ४ जना पुरुष र २ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका ५ जना र ज्वालामुखिका १ जना छन्।अहिलेसम्म संक्रमीत हुनेको संख्या एक सय २५ पुगेको छ।संक्रमितहरुमा ५१ जना पुरुष र ७४ जना महिला छन्।
गत बर्ष २०७९÷०८० मा पनि ४८ जनामा देखिएको स्क्रब टाइफस अहिले ५८ दिनको अवधीमा मात्रै एकसय २५ जना संक्रमित भईसकेका छन् । स्क्रब टाइफस संक्रमणबाट सिद्धलेकका १ जनाको मृत्यु समेत भएको छ ।
धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ।
यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ ।माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ । मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |