धादिङ,१८ भदौ।
धादिङका थप ६ जनामा स्क्रब टाइफस संक्रमण भएको छ ।आज ६ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।संक्रमित सबै नीलकण्ठ नगरपालिकाका छन्।
अहिलेसम्म संक्रमीत हुनेको संख्या एक सय पुगेको छ।संक्रमितहरुमा ४३ जना पुरुष र ५७ जना महिला छन् ।
गत बर्ष २०७९÷०८० मा पनि ४८ जनामा देखिएको स्क्रब टाइफस अहिले ४७ दिनको अवधीमा एकसय जना संक्रमित भईसकेका छन् । स्क्रब टाइफस संक्रमणबाट सिद्धलेकका १ जनाको मृत्यु समेत भएको छ ।
धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ ।
यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ ।माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ । मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |