धादिङमा शिक्षकहरुले संसदमा दर्ता भएको शिक्षा विधेयक जलाएका छन्।
हिजो बुधवार संसदमा दर्ता भएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को बिरोध गर्दै नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ धादिङले विधेयक जलाएका हुन्।
धादिङबेशीस्थित विचबजारमा जम्मा भएको शिक्षकहरुले २०२८ सालमा आएको शिक्षा ऐन भन्दा पनि प्रतिगामी भएको भन्दै प्रस्तावित शिक्षा विधेयक फिर्ता गर्न माग राख्दै विधेयक जलाएका हुन् ।
नेपाल शिक्षक संघ धादिङका अध्यक्ष देवी प्रसाद छत्कुलीले सरकार, सांसद, विभिन्न दलहरुसँग पटक पटक छलफल कुराकानी भए पनि शिक्षकमैत्री विधेयक आउने आश्वासन मात्रै दिएको बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |