धादिङ । धादिङको क्षेत्र नम्बर १ (क) बाट निर्वाचित मदुकुमार श्रेष्ठ बागमती प्रदेशको मन्त्रीमा नियुक्त हुनुभएको छ।
श्रेष्ठलाई विना विभागीय जिम्मेवारी तोकिएको छ ।
मन्त्री परिषद्मा एमालेबाछ कृषि तथा पशुपंक्षी मन्त्रालयको जिम्मा प्रकाश श्रेष्ठ, वन तथा वातावरण मन्त्रालयको जिम्मा किशोर सिलवाल, स्वास्थ्य मन्त्रालयको जिम्मा किरण थापालाई दिइएको छ ।
यसैगरी भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मा अमन मास्के, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयको जिम्मा शुकमाया तामाङ र श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मा प्रेमभक्त महर्जनलाई दिइएको प्रदेश प्रमुख सचिवालयका प्रवक्ता गोबिन्द प्रसाद पौडेलले बताउनुभयो ।
यस्तै, कांग्रेसबाट मन्त्री बनेका कुन्दन राज काफ्ले, श्याम खड्का र मदुकुमार श्रेष्ठलाई विना विभागीय जिम्मेवारी तोकिएको छ।
१३ वटा मन्त्रालयको रहेको बागमतीमा अन्य तीन मन्त्रीको नाम भने टुंग्याउन बाँकी छ । एमालेको भागमा ६ र कांग्रेसले मुख्यमन्त्रीसहित ७ वटा मन्त्रालय भागमा परेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |