धादिङ–धादिङ जिल्ला कबड्डी संघले जिल्लाका १२ जनालाई कबड्डी निर्णायक तालिम दिएको छ।
बागमती प्रदेश कबड्डी संघको प्राविधिक सहयोगमा शुक्रबार र शनिबार धादिङबेसीमा १२ जनाले कबड्डी निर्णायक तालिम लिएका हुन् ।
उक्त तालिममा कबड्डी संघका जिल्ला अध्यक्ष रत्नेश यादव सहित मनिश श्रेष्ठ, विनोद मगर, राजन मगर, महेन्द्र ढुङ्गाना, सुदिप अधिकारी, रञ्जित श्रेष्ठ, विशाल सापकोटा, अनु गुरुङ, दिनेश भेजुल, रञ्जित श्रेष्ठ र विवेक मानन्धर सहभागी थिए ।
तालिमको समापन गर्दै कार्यक्रमका प्रमुख अतिथि धादिङ खेलकुद विकास समितिका अध्यक्ष प्रतापसिंह तामाङले यस्तो तालिम जिल्लाका सबै पालिकाहरुमा जÞरूरी रहेको बताउनुभयो।
जिल्लाका अन्य संघहरुले पनि यस्ता तालिमको आयोजना गरेमा जिल्ला स्तरका प्रतियोगिताका लागि निर्णायक खोज्न बाहिर जानु नपर्ने र आर्थिक भार पनि कम पर्ने बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |