धादिङ,०७ बैशाख।
धादिङका स्थानीय तहमा विनियोजन भएको रकममध्ये गत आर्थिक वर्ष ८० करोड रुपैयाँ बेरुजु देखिएको छ ।
महालेखा परीक्षकको ६० औं वार्षीक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा धादिङका १३ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको १८ अर्ब ९१ करोड १० लाख ८३ हजार रुपैयाँ बजेटको लेखा परीक्षण गर्दा ७९ करोड ९७ लाख ७९ हजार बेरुजु देखिएको हो ।
प्रतिवेदन अनुसार जिल्लाको थाक्रे गाँउपालिकाको एक अर्ब ८६ करोड ५८ लाख ८७ हजारको लेखा परिक्षण गर्दा १५ करोड आठ लाख ३८ हजार बेरुजु रहेको पाइएको छ ।
नीलकण्ठ नगरपालिकाको दुई अर्ब ६७ करोड ७० लाख ११ हजारको लेखा परिक्षण गर्दा १० करोड ९० लाख १६ हजार बेरुजु देखिएको छ ।
धुनीवेसी नगरपालिकाको एक अर्ब ७६ करोड ६६ लाख ४० हजारको लेखा परिक्षण गर्दा पाँच करोड ६४ लाख ४० हजार बेरुजु रहेको पाइएको छ ।
यसैगरी गल्छी गाँउपालिकाको एक अर्ब ६५ करोड ४८ लाख ३० हजारको लेखा परिक्षण गर्दा सात करोड ४७ लाख १७ हजार बेरुजु देखिएको छ भने गजुरी गाँउपालिकाको एक अर्ब १७ करोड ५१ लाख १७ हजारको लेखा परिक्षण गर्दा सात करोड २९ लाख ४५ हजार बेरुजु रहेको पाइएको छ ।
त्यस्तै बेनीघाट रोराङ गाँउपालिकाको एक अर्ब ५४ करोड १५ लाख ५७ हजारको लेखा परिक्षण गर्दा दुई करोड ४१ लाख ५६ हजार, सिद्धलेक गाँउपालिकाको एक अर्ब ८० करोड ५४ लाख ८८ हजारको लेखा परिक्षण गर्दा एक करोड ९६ लाख ३५ हजार , ज्वालामुखी गाँउपालिकाको एक अर्ब ३६ करोड २४ लाख ७३ हजारको लेखा परिक्षण गर्दा पाँच करोड ५६ लाख ४३ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ ।
यसैगरी त्रिपुरासुन्दरी गाँउपालिकाको एक अर्ब ५० करोड ८४ लाख १६ हजारको लेखा परिक्षण गर्दा सात करोड ५१ लाख २४ हजार, गंगाजमूना गाँउपालिकाको एक अर्ब ४४ करोड ७८ लाख ४४ हजारको लेखा परिक्षण गर्दा छ करोड ८३ लाख २२ हजार, रुवीभ्याली गाँउपालिकाको ५५ करोड ९६ लाख ६० हजारको लेखा परिक्षण गर्दा दुई करोड २८ लाख ७३ हजार बेरुजु देखिएको छ ।
खनियावास गाँउपालिकाको ७८ करोड ६८ लाख १० हजारको लेखा परिक्षण गर्दा पाँच करोड ५६ लाख ४३ हजार, नेत्रावती डवजोङ गाँउपालिकाको ७५ करोड ९३ लाख ५० हजारको लेखा परिक्षण गर्दा एक करोड १२ लाख ४४ हजार बेरुजु थप भई तीन करोड ७२ लाख बेरुजु रहेको पाइएको छ ।
महालेखा परीक्षकले संघीय सरकार अनुदान, प्रदेश सरकार अनुदान, राजस्व बाँडफाँट, आन्तरिक आय र अन्य आय गरी ६ शीर्षकको बजेटको लेखा परीक्षण गरेको थियो ।
बेरुजु सैद्धान्तिक र लगती गरी दुई किसिमको हुन्छ , बेरुजुको किसिम हर्दा धेरै जसो बेरुजु नियमित गर्नु पर्नेमा पर्दछ । स्थानीय तह स्थापना पश्चात महालेखा परिषकको कार्यालयले गरेको पाँचौ लेखा परिक्षण प्रतिवेदनमा धादिङको बेरुजु ८० करोड थपिएको छ ।
आर्थिक वर्ष २०७७/०७८ सम्म दुई अर्ब ६३ करोड ९१ लाख ५२ हजार बेजुरु रहेकोमा आर्थिक वर्ष २०७८/०७९ को लेखा परिक्षण पश्चात तीन अर्व ४३ करोड ८९ लाख ३१ हजार पुगेको छ । महालेखा परिक्षकको कार्यालयले राष्ट्रपति समक्ष गत चैत्र ३० गते ६० औ लेखा परिक्षकको प्रतिवेदन बुझाएको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |