धादिङ,२२ श्रावण।
धादिङमा डेङ्गु र स्क्रब टाइफसका बिरामी बढ्न थालेका छन् ।
जिल्लामाआज मात्रैमा स्क्रब टाइफसका ७ जना बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
आज ज्वालामुखी गाउँपालिकाका ५ जना, नीलकण्ठ नगरपालिकाका १ जना, सिद्धलेक गाउँपालिकाका १ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो।संक्रमितहरुमा ३ जना पुरुष र ४ जना महिला छन् ।
धादिङमा गत बर्ष २०७९/०८० मा पनि ४८ जनामा स्क्रब टाइफस देखिएको थियो ।धेरै सरुवा रोगहरु मध्येको एक हो स्क्रब टाइफस । यो रोग मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा माइटको टोकाइबाट मानिसमा सर्दछ ।
यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्दछ ।माइट प्रायजसो झाडी, खेतबारी, वनजगंल, घर वरपरको झाडी तथा घुरान हुने ठाँउमा देखिने गर्दछ । मुसामा देखिने किर्ना जस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |