धादिङको नीलकण्ठ नगरपालिका–३ बीचबजारमा पार्किङ गरिराखेको कारभित्र अज्ञात व्यक्तिले राखेको शंकास्पद वस्तु फेला परेको छ । सदरमुकामको बीचबजारमा रहेको त्रिपुरा पुस्तक पसलका सञ्चालक नारायण कुमार श्रेष्ठको बा १६ च ९१७२ नंको गाडीमा उक्त सामान फेला परेको हो ।
आज दिउँसो ३ बजेतिर अन्जान व्यक्तिले चाबी लगाएको सुटकेश कारभित्र राखेर गएको प्रत्यक्षदर्शी हरी श्रेष्ठले बताएका छन् ।
सिसिटिभि फुटेजका अनुसार धेरैबेर कार वरपर ओहोरदोहोर गरेर सुटकेश कारमा हालेको देखिएको धादिङका डिएसपी मकेन्द्र कुमार मिश्रले बताए ।
उनका अनुसार डिस्पोजल टोली घटनास्थलमा पुगेको छ र घटनाबारे अनुसन्धान भइरहेको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |