धादिङ । धादिङमा आज दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै आज देबिघाट देखी धादिङबेशी र जरे सबस्टेशनसम्म प्रशारण गरिएको रातमाटे धादिङ ३३ के.भि प्रशारण लाईन पेट्रोलिङ,मर्मत संभार तथा लाईनको नजिक रहेका रुखका हाँगाबिगाँ काट्नुपर्ने भएकोले बिहान ११ बजेदेखी दिउँसो ४ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने जनाएको छ ।
धादिङबेशी सवस्टेशन, जहरे सवस्टेशन र सल्यानटार सवस्टेशनबाट सप्लाई हुने सम्पूर्ण क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने सूचनामा भनिएको छ ।
त्यस्तै मातातिर्थ नौबिसे ३३ के.भि लाइनको मातातिर्थ सबस्टेशनदेखी चन्द्रागिरी केवलकार, बाडभञ्ज्याङ हुदैँ नौबिसे सबस्टेशनसम्म पनि पेट्रोलिङ, मर्मत संभार तथा लाईनको नजिक रहेका रुखका हाँगाबिगाँ काट्नुपर्ने भएकोले बिहान ११ देखी बेलुकी ५ बजेसम्म्म धुनिबेशी ,थाक्रे, गल्छी र चन्द्रागिरीमा विद्युत आपूर्ति बन्द हुने धार्के प्रशााले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |