धादिङ-धादिङमा आज विहानदेखि पटक पटक भूकम्प गएकोे छ।
ज्वालामुखी गाउँपालिकाको खरीनै केन्द्रबिन्दु भएर बेलुका ५ः३१ मा फेरी ५ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
धादिङ नै केन्द्रविन्दु बनाएर अपराह्न ४ः०३ मिनेटमा ४.४ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो।
बिहान ८ः०८ बजे ४.२ म्याग्नेच्युड, ८ः२८ बजे ४.३ र ८ः५९ मिनेटमा ४.१ म्याग्नेच्युडको भूकम्प मापन भएको छ।
बिहान सात बजेर ३९ मिनेटमा धादिङको ज्वालामुखी गाउँपालिका–५ को खरी केन्द्रबिन्दु भएर ६.१ म्याग्निच्यूडकोे भूकम्प गएको थियो । त्यसपछि पनि दिनभरमा परकम्प गएको हो ।
यो नयाँ भूकम्प नभई २०७२ वैशाख १२ गते उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पकै परकम्पको निरन्तरता भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यसले खरी कुमालटारीमा २० वटा घर भत्किएका छन् ।७५ वटा घर चर्किएका छन् ।
क्षतिको विवरण संकलन भइरहेको धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो ।उहाँले भन्नुभयो, ‘मानवीय क्षति छैन, घर गोठ भत्किएको चर्किएको छ, ठाउँ–ठाउँमा सुख्खा पहिरो आएको र रुख ढलेका छन्।’
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |