धादिङ,०३ भदौ।
धादिङमा आज ४९ जना डेङ्गीका बिरामी भेटिएका छन्।
२१ जना पुरुष र २८ जना महिला गरी थप ४९ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४६ जना, गल्छीका १ जना, सिद्धलेकका १ जना र ज्वालामुखीका १ जना रहेका छन्।हिजो शनिबार पनि ४४ जना संक्रमित थपिएका थिए।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ९३८ पुगेको छ।जसमा पुरुष ९६९, महिला ९६९ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये १ हजार ६८२ जना निलकण्ठका मात्रै छन् ।संक्रमणकै कारण धादिङमा एक जनाको मृत्यु समेत भईसकेको छ।
डेङ्गी लामखुट्टेबाट सर्ने रोग हो ।पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ ।ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।
डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगाएतका हुन्।
लाम्खुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्ने , खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउने, घरको झ्यालढोकामा जाली हाल्ने, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने प्रमुख उपाय हुन्।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |