धादिङ– जिल्लामा पछिल्लो समय आयुर्वेद उपचार पद्धतीमा नागरिकको विश्वास बढ्दै गएको छ। रोग निको हुने तथा कम खर्चमा राम्रो स्वास्थ्य सेवा पाएसँगै आयुर्वेद स्वास्थ्य केन्द्र धादिङमा आयुर्वेद सेवा लिने बिरामीहरु बढ्दै गएका छन् ।
आईतबार स्वास्थ्य केन्द्रको वार्षिक समिक्षा र पत्रकारसँग अनतरक्रिया तथा आर्थिक वर्ष २०८०/८१ को आयुर्वेद सेवा सार्वजनिक कार्यक्रममा सेवा लिने बिरामीहरु बढ्दै गएको जानकारी गराएको हो ।
कार्यक्रममा गत आ.व. २०७९/८० को कार्य प्रगति विवरण प्रस्तुत गर्दै केन्द्रका सुचना अधिकारी प्रकाश सापकोटाले गत बर्षमा केन्द्रबाट ५३ हजार बढिले सेवा लिएको बताउनुभयो । उहाँको अनुसार स्वास्थ्य केन्द्रबाट १३ हजार ७२२, आयुर्वेद औषधालयबाट ३२ हजार ४८८ र आरोग्य सेवा केन्द्रबाट ७ हजार २३० गरी ५३ हजार ४४० नागरिकले सेवा लिएका छन्।
अघिल्लो आ.व. २०७८/७९मा ३० हजारले सेवा लिएका थिए।
कार्यक्रममा स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज निरीक्षक रमेश प्रसाद पनेरुले केन्द्रबाट ग्यास्ट्रीक, हड्डी खिएको, नसा च्यापिएको, बाथरोग, छाला सम्बन्धी, पाइल्स/फिसर, स्त्रीरोग रोगको उपचार गर्दै आएको बताउनुभयो।
उहाँले आयुर्वेद स्वास्थ्य केन्द्रबाट बिभिन्न २३ प्रकारको आयुर्वेद औषधी निशुल्क पाउने र केन्द्रमै रहेको शशुल्क फार्मेशीमा बिभिन्न ६० प्रकारको औषधी पाईने बताउनु भयो ।
आयुर्वेद स्वास्थ्य केन्द्रमा उपलब्ध सेवाहरु प्रवद्र्धन गर्नुपर्नेमा अन्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाहरुले जोड दिएका छन् ।
आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख अमुल्य दाहालले उपचाररत व्यक्तिलाई भन्दा स्वस्थ्य व्यक्तिलाई रोग लाग्नै नदिने खालको कार्यक्रम ल्याउने कार्यक्रमहरु अघि सारिएको जिल्ला बताउनुभयो।
केन्द्रले आर्थिक वर्ष २०८०/८१ को लागी स्तनपाई आमालाई मातृशिशु सुरक्षार्थ दुग्धवर्धक औषधि वितरण, जेष्ठ नागरिकको लागि स्वास्थ्यवर्धक सेवा, विद्यालय आयुर्वेद तथा योगा शिक्षा लगायतका कार्यक्रम ल्याइएको बताउनुभयो।प्रदेश मातहतको केन्द्रलाई न्युनतम सेवा मापदण्ड सुधार गर्ने कार्यक्रमहरु ल्याइएको उहाँको भनाई छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख कुलमान विश्वकर्माले समयानुकूल खानपान र व्यवहारले मानव स्वास्थ्य विग्रदो अवस्थामा रहेकोले राज्यले आयुर्वेद सेवालाई व्यापक रुपमा सेवा विस्तार गर्न जरुरी रहेको बताउनुभयो । शरीरलाई उर्जाशिल बनाउने खालको कार्यक्रम ल्याएर आयुर्वेद सेवालाई गाउँगाउँसम्म पु¥याउन सक्नुपर्ने बताउनुभयो ।
त्यस्तै धादिङका सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले आयुर्वेद उपचारको बारेमा प्रचारको आवश्यकता रहेको बताउनुभयो । राज्यको लगानी जनतासम्म पु¥याएर प्रतिफल लिन आयुर्वेद स्वास्थ्य केन्द्रसंग आग्रह पनि गर्नुभयो।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्माले आयुर्वेद सेवाको बारेमा आम नागरिकलाई जानकारी नभएकोले सूचनाको पहुँच आम नागरिकसम्म पु¥याउन आवश्यक रहेको बताउनुभयो ।उहाँले प्रदेश कार्यालयले केन्द्र मार्फत जिल्लामा आयुर्वेदिक औषधीजन्य जडिबुटीहरुको खोजी गर्ने र प्रवर्द्धन गर्ने खालको कार्यक्रम ल्याउन सुझाव दिनुभयो ।
विश्वको सबैभन्दा पुरानो चिकित्सा पद्धतिका रुपमा रहेको आयुर्वेद चिकित्सा पद्धति मानिन्छ। यसले गर्दा पनि पछिल्लो समय आयुर्वेद उपचारमा धेरैको आकर्षण बढ्दै गएको छ ।
आयुर्वेद स्वास्थ्य संस्थाबाट साधारण उपचार, स्तनपायी, ज्येष्ठ नागरिक, पूर्वकर्म पञ्चकर्म, शिविर लगाएतका बिभिन्न कार्यक्रम सञ्चालन गरिदै आएको छ ।
सदरमुकाम धादिङबेशीमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रहेको छ भने सिद्धलेक, नेत्रावती डवजोङ, थाक्रे, गल्छी, ज्वालामुखी गाउँपालिका र धुनिबेशी नगरपालिकामा नागरिक आरोग्य केन्द्र रहेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |