धादिङ,०७ श्रावण।
धादिङको गंगाजमुना गाउँपालिका वडा नं ६ पिप्ले अर्चलेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँकी ७४ बर्षिया टिका देवी दाहाल रहेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले धादिङ आवाजलाई जानकारी दिनुभयो।
दाहालको आज दिउँसो करिब १ बजेको समयमा आफ्नै घरको आगनमा रहेको फलामको तारमा लुगा सुकाउने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक जैसवारले बताउनुभयो।
यस सम्बन्धमा अस्थायी प्रहरी पोष्ट बसेरी र जिल्ला प्रहरी कार्यालय धादिङबाट थप अनुसन्धान भइरहेको जैसवारले बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |