धादिङ,२७ भदौ।
धादिङमा चाडपर्व लक्षित बजार अनुगमन जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीको नेतृत्वको जिल्ला बजार अनुगमन टोलीले सोमबारदेखि जिल्लामा चाडपर्व लक्षित बजार अनुगमन सुरु गरेको छ।
मंगलबार पृथ्वी राजमार्गअन्तर्गत गजुरी, गल्छी, थाक्रे र धुनिबेशीमा सञ्चालित होटल, खाजाघर ,खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गरिएको घरेलु कार्यालय धादिङले जनाएको छ। घरेलु कार्यालयका अनुसार मंगलबार ८ वटा फर्मको अनुगमन गर्दा ३ वटा फर्मलाई ४० हजार जरिवाना गरिएको र करिब १९ हजार बराबरको म्याद नाघेका, सडेगलेका सामाग्रीहरु जफत गरी नष्ट गरिएको छ ।
अनुगमन टोलीले गल्छी गाउँपालिका–७ गल्छीबजारमा रहेको घिमिरे बाजेको किराना पसललाई ५ हजार, थाक्रे गाउँपालिका–२ कोईराले डाँडामा रहेको न्यु काष्ठमण्डप होटललाई ३० हजार, धुनिबेशी नगरपालिकाको चालिसे स्टाफ होटललाई ५ हजार जरिवाना तिराइएको घरेलु कार्यालयले जनाएको छ ।
जरिवाना गरिएको फर्ममा म्याद नाघेको बस्तु विक्रिको लागि राखेको,मुल्यसुची स्पष्ट नभएको, यसअघिको निर्देशन पालाना नगरेको, तथा कागजपत्र नभेटिएकोसहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिनुभयो ।बजार अनुगमनलाई अब निरन्तरता दिने उहाँको भनाई छ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय धादिङ, घरेलुु तथा साना उद्योग कार्यालय, खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय नुवाकोट र वेनिघाट रोराङ गाउँपालिकाको सहभागिता रहेको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |