धादिङ । नीलकण्ठ नगरपालिका–७ पिप्लेमा चितुवाको आक्रमणबाट ४ जना घाइते भएका छन् ।
आज बिहान हाडीखोलामा लुकेर बसेको चितुवाले आक्रमण गर्दा स्थानीय २५ वर्षीय गोमा श्रेष्ठ, ८३ वर्षीय नन्दप्रसाद अधिकारी, ४३ वर्षीया विमला कोईराला र ३५ वर्षीय दिपक श्रेष्ठ घाइते भएका छन् ।
घाईतेहरुको धादिङ अस्पतालमा उपचार भईरहेकाे छ।
चितुवाले आक्रमण गरेपछि स्थानीयहरूले प्रतिकार गर्ने क्रममा चितुवाको ज्यान गएको छ।स्थानीयले मृत्यु भएको चितुवालाई डिभिजन वन कार्यालय धादिङमा बुझाईएका छन्।
जंगली जनावरको प्राकृतिक वासस्थानमा मानव अतिक्रमण बढनु, वनमा डढेलो लाग्नु र पानीका श्रोतहरु सुक्दै जानुका कारण जनावरहरु मानव बस्तिमा पस्न थालेको छ।
अहिले धादिङका अधिकांश बनमा डढेलो लागेको छ।
नलाङ, सलाङ, कुम्पुर, सुनाैलाबजार, कल्लेरी, मुरलीभञ्ज्याङ लगायतका विभिन्न स्थानको जंगलहरुमा केहि दिनदेखि डढेलो लागिरहेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |