धादिङ,१६ ज्येष्ठ ।
धादिङमा असार १ देखि जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ ।
धादिङ जिल्ला कबड्डी क्लवको आयोजनामा धादिङबेशीमा थानिय स्तरमा कबड्डी खेलको पहुँच अभिवृद्धि गर्ने उद्धेश्यका साथ असार १ देखि ३ गते सम्म जिल्ला स्तरीय महिला/पुरुष कबड्डी प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताको लागि जेष्ठ १६ देखि २५ गते सम्म टिम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रतियोगितामा सहभागी हुन धादिङ जिल्लाका खेलाडी वा धादिङकै कुनै विद्यालयमा अध्ययनरत विद्यार्थी हुनुपर्ने छ ।
उक्त प्रतियोगितामा पुरुषतर्फ विजेता र उपबिजेता टिमले क्रमश ५० हजार र ३० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् भने महिला तर्फ विजेता र उपबिजेता टिमले क्रमश ३० हजार र २० हजारसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् ।
महिला पुरुष दुबैको तृतीय हुने समुहले ट्रफी,मेडल र प्रमाणपत्र हात पाउने छन् ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |