धादिंग ,पछिल्लो २४ घण्टामा धादिङका थप २० जनामा डेंगी संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय धादिङका अनुसार सोमबार १३ पुरुष र ७ महिला गरी २० नयाँ बिरामी थपिएका छन् ।यो सँगै गत साउन १ गतेदेखि यता धादिङमा मात्रै डेंगी बिरामीको संख्या ७ सय ७७ पुगेको छ ।
स्वास्थ्य कार्यालय धादिंगको विवरण अनुसार जिल्लाका ४ सय ४९ जना पुरुष र ३ सय २८ महिला गरी कुल ७ सय ७७ जनामा संक्रमण पुष्टि भएको छ। हालसम्म खनियाबास गाउँपालिकामा संक्रमित भेटिएका छैनन् । सबैभन्दा धेरै सग्न्क्रमित नीलकण्ठ नगरपालिकामा ४ सय २०, गजुरीमा ८१ र त्रिपुरासुन्दरीमा ४८ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । यस्तै धुनिबेशीका ३१, गल्छीका ३०, ज्वालामुखीका २५, बेनिघाट रोराङका २०, सिद्धलेकका १४, थाक्रेका ८, नेत्रावती डवजोङका ५, रुवीभ्यालीका ४ जना र गंगाजमुनाका ३ जनामा संक्रमण पुष्टि भएको छ । कुल संक्रमित मध्ये ८५ जनाको ठेगाना खुलेको छैन भने तिन जना अन्य जिल्लामा परिक्षण गरिएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरिक्षक तोयानाथ छत्कुलीले बताउनुभयो । धादिङमा हाल ३ स्थान (धादिङ अस्पताल, सल्यान्टार प्राथमिक स्वास्थ्य केन्द्र र गजुरी प्राथमिक स्वास्थ्य केन्द्र)बाट परिक्षण हुदैँ आएको छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |