धादिङ–पछिल्लो २४ घण्टामा धादिङमा ११ जना डेङ्गीका बिरामी भेटिएका छन्।३ जना पुरुष र ८ जना महिला गरी थप ११ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ९ जना र सिद्धलेकका २ जना रहेका छन्।
साउन यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार २६३ पुगेको छ।जसमा पुरुष १ हजार ५७५ र महिला १ हजार ६८८ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये २ हजार ६४३ जना निलकण्ठका मात्रै छन् ।
संक्रमणकै कारण धादिङमा २ जनाको मृत्यु समेत भएको छ।
यसैगरी आज थप १० जनामा स्क्रब टाइफस संक्रमण भएको छ।आज २ महिला र ८ पुरुषमा संक्रमण भएको हो ।संक्रमितहरुमा नीलकण्ठका ८ जना र सिद्धलेकका २जना छन्।
अहिलेसम्म स्क्रब टाइफस संक्रमित हुनेको संख्या २०९ पुगेको छ।संक्रमितहरुमा ७६ जना पुरुष र १३३ जना महिला छन् ।गत बर्ष २०७९÷०८० मा जम्मा ४८ जनामा स्क्रब टाइफस देखिएको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |