धादिङ–पछिल्लो २४ घण्टामा धादिङमा ११ जना डेङ्गीका बिरामी भेटिएका छन्।५ जना पुरुष र ६ जना महिला गरी थप ११ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये बेनिघाट रोराङका ५ जना, नीलकण्ठ नगरपालिकाका ४ जना, सिद्धलेक र रवीभ्यालीका १/१ जना रहेका छन्।
साउन यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार १४१ पुगेको छ।जसमा पुरुष १ हजार ५१८ र महिला १ हजार ६२३ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये २ हजार ५८३ जना निलकण्ठका मात्रै छन् ।
संक्रमणकै कारण धादिङमा २ जनाको मृत्यु समेत भएको छ।
यसैगरी आज थप ४ जनामा स्क्रब टाइफस संक्रमण भएको छ।आज ४ महिला र ४ पुरुषमा संक्रमण भएको हो ।संक्रमितहरुमा ज्वालामुखीका २,सिद्धलेक र नीलकण्ठका १/१ जना छन्।
अहिलेसम्म स्क्रब टाइफस संक्रमित हुनेको संख्या १५२ पुगेको छ।संक्रमितहरुमा ५७ जना पुरुष र ९५ जना महिला छन् ।गत बर्ष २०७९÷०८० मा जम्मा ४८ जनामा देखिएको स्क्रब टाइफस अहिले १० हप्ताको अवधीमा मात्रै १५२ जना संक्रमित भईसकेका छन्।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |