धादिङ–पछिल्लो २४ घण्टामा धादिङमा १४ जना डेङ्गीका बिरामी भेटिएका छन्।६ जना पुरुष र ८ जना महिला गरी थप १४ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ८ जना,गल्छीका ३ जना, सिद्धलेकका २ जना र त्रिपुरासुन्दरीका १ जना रहेका छन्।
साउन यता जिल्लामा संक्रमित हुनेको संख्या ३ हजार २३० पुगेको छ।जसमा पुरुष १ हजार ५६२ र महिला १ हजार ६६८ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये २ हजार ६२९ जना निलकण्ठका मात्रै छन् ।
संक्रमणकै कारण धादिङमा २ जनाको मृत्यु समेत भएको छ।
यसैगरी आज थप ९ जनामा स्क्रब टाइफस संक्रमण भएको छ।आज ३ महिला र ५ पुरुषमा संक्रमण भएको हो ।संक्रमितहरुमा नीलकण्ठका ५ जना ज्वालामुखीका २ जना र गल्छी/सिद्धलेकका १/१ जना छन्।
अहिलेसम्म स्क्रब टाइफस संक्रमित हुनेको संख्या १९७ पुगेको छ।संक्रमितहरुमा ७३ जना पुरुष र १२४ जना महिला छन् ।गत बर्ष २०७९÷०८० मा जम्मा ४८ जनामा स्क्रब टाइफस देखिएको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |