धादिङ, भाद्र १७
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले सदरमुकाम धादिङबेशिमा आफ्नो २१ औं फिल्ड कार्यालय विस्तार गरेको छ । आईतबार एक कार्यक्रमका बिच कार्यालय उद्घाटन गरिएको हो । .(नेफ्स्कून) विगत ३ दशकदेखि बचत तथा ऋण सहकारी अभियान मार्फत समुदायको आर्थिक, सामाजिक र साँस्कृतिक जीवनस्तर उकास्न क्रियाशील बचत तथा ऋण सहकारी संस्था र संघहरुको राष्ट्रव्यापी प्रतिनिधित्व गर्ने केन्द्रीय संघ हो ।
यस केन्द्रीय संघमा नेपालका ७६ जिल्लाबाट प्रतिनिधित्व गर्ने करिब २९०० बचत तथा ऋण सहकारी संस्थाहरु, ६३ वटा जिल्ला बचत तथा ऋण सहकारी संस्थाहरु आवद्ध भएका छन् भने करिब २४ लाख व्यक्तिगत सदस्यहरु रहेको यस संघको स्थापना वि.सं २०४५ सालउन ३२ गते भएको हो । वि.सं. २०५५ सालदेखि एशियाली ऋण महासंघ (ब्ऋऋग्) को सदस्य हुँदै सोही मार्फत विश्व ऋण परिषद् (ध्इऋऋग्) को सदस्य समेत रहेको छ । यस केन्द्रीय संघले विभिन्न राष्ट्रिय तथा अन्र्तराष्ट्रिय निकायहरुसँगको साझेदारीमा बचत तथा ऋण सहकारीको संस्थागत विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको छ ।
यस सहकारी संघको मुख्य उद्देश्य भनेको नेपालमा भरि रहेका दीगो बचत तथा ऋण सहकारी संस्थाहरु र सदस्य संस्थाहरुलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गरी समुदायका व्यक्तिहरुको जीवनस्तर सुधार गर्न सक्ने बनाई दीगो बचत तथा ऋण सहकारी संस्थाहरु निर्माण गर्ने रहेको छ । शाखा कार्यालय उद्घाटन कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का केन्द्रिय उपाध्यक्ष पार्वती खाँड राइको अध्यक्षता रहेको थियो । साथै .(नेफ्स्कून) का निवर्तमान अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यता रहेको थियो भने संघका वर्तमान केन्द्रिय अध्यक्ष डिवि वस्नेतको विशिष्ट आतिथ्यता रहेको थियो । कार्यक्रममा .(नेफ्स्कून) संचालक समितिका सदस्य कृष्ण प्रसाद नेपाल, दिपक पनेरु लगायत जिल्ला स्थित विभिन्न सहकारी संघ–संस्थाका सञ्चालक,प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । फिल्ड कार्यालयले अबदेखि नियमित रुपमा सेवा प्रदान गर्ने फिल्ड कार्यालय धादिङका वित्तिय प्रमुख विनोद ढकालले बताउनुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |