धादिङ आवाज
चैत्र ।
किसानहरुले उत्पादन गरेका दुग्द जन्य बस्तुहरु लिनका लागी गाँउ गाँउमा नै सहकारीहरु जान थाले पछी धादिङमा पशुपालन गर्न किसनाहरु उत्साहीत बनेका छन् । घरायसी प्रयोजनको दुधका लागी मात्र एक दुई ओटा गाई भैसी पाल्ने किसानहरुले अहिले पाँचदेखी दश ओटासम्म गाई भैसीहरु पाल्न थालेका छन् । जिल्लाका अधिकाम्स ग्रमिण बस्तिहरुमा अहिले ब्यवसायीक रुपमा नै दुग्द उत्पादनका लागी पशु पालन गर्न थालीएको छ । जिल्लालाई दुधमा अत्मानिर्भर बनाउनका लागी जिल्ला पशुसेवा कार्यालय धादिङले समेत किसान लक्षित विषेस कार्यक्रमहरु लागु गरेको जनाईएको छ । तर किसानहरु भने पशु सेवा कार्यालबाट पाउने कुनै पनी सहयोगहरु नपाएको बताउछन् । सरकाले अनुदान सवरुप किसानहरुलाई दिने भनीएको रकम लगाएत अन्य सहयोगहरु राजनीती पहुचका आधारमा मात्र वितरण हुदै आएको किसानहरुको गुनासो छ । यसैगरी जिल्लामा भएका कृषी सहकारीहरुले भने श्रोत सम्पन्न बनाउनका लागी किसानहरुलाई समुहगत रुपमा रिण लगानी गर्ने लगाएतका सहयोग गर्दै आएको बताएको छ । जस्का कारण ग्रामिण क्षेत्रका किसानहरुको आर्थिक समृदीका लागी सहयोग पुग्ने विश्वास रहेको छ । धादिङका धेरै जसो गाँउहरुमा अहिले सहकारी मार्फत पशु पालन गर्न थालीएको छ । यसरी ब्यवसाय गर्दा उत्पादीत् बस्तुहरु बिक्रीका लागी सहज हुने भए पनी दुधको मुल्य भने त्यति नभएका कारण सोचे जस्तो आम्दानी नभएको किसानहरु बताउछन् । जिल्लामा अहिले बार्षीक ३३ हजार मेट्रिक टन दुध उत्पादन हुने गरेको छ
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |