धादिङ,२१ असार।
धादिङमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
जिल्लाको ४ पालिकामा सञ्चालनमा रहेको सामी कार्यक्रमले वैदेशिक रोजगारीलाई प्रभावकारी बनाउँदै लगेको छ ।
मंगलबार धादिङबेशीमा कार्यक्रमको चालु आर्थिक बर्ष २०७९/०८० मा भएको प्रगती तथा सरोकारवालासँग कार्यक्रमको दिगोपना विषयक छलफलमा बैदेशिक रोजगारको अवस्था, अवसर, चुनौती तथा समाजमा पारेको प्रभाव लगाएतको विषयमा जानकारी गराईएको थियो ।
२०७६ कात्तिक १ देखी नीलकण्ठ, धुनीबेशी नगरपालिका, थाक्रे र गंगाजमुना गाउँपालिकामा सञ्चालित कार्यक्रममले सूचना पहुँच, न्यायमा पहुँच, सीप विकास तालिम, मनोसामाजिक परामर्श र वित्तिय साक्षरताको क्षेत्रमा काम गर्दै आएको कार्यक्रम संयोजक दिनेश दुवाडीले जानकारी दिनुभयो ।
धादिङमा राहदानी बनाउन आउनेको संख्या बढ्दो रहेको भन्दै दुवाडीले उच्च शिक्षको बहानामा युरोपियन मुलकहरुमा जानहरुको संख्या बढेको बताउनुभयो। कक्षा १२ को परिक्षा सकेर राहदानी बनाउन आउने र अधिकांशले जापान, कोरिया अष्ट्रेलिया लगायत देशहरुमा प्रक्रिया अगाडी बढाएको बताउने गरेको उहाँको भनाई छ।
पछिल्लो दुई वर्षमा धादिङका ३० पुरुष र १ महिला गरी ३१ जनाले विदेशमा ज्यान गुमाएको कार्यक्रम संयोजक दुवाडीले आफ्नो प्रस्तुतिको क्रममा बताउनुभयो । धादिङबाट वैदेशिक रोजगारीमा पुगेकाहरु प्रायजसोेले काम गर्ने ठाउँ र सुत्ने वस्ने ठाउँको तापक्रम नमिल्दा सुतेकै ठाउँमा ज्यान गुमाएका छन् ।
२०६६ साल यता धादिङका एक सय ६४ जनाले ज्यान गुमाएको तथ्यांक छ । त्यसमध्ये ६ जना महिला छन् । दुवाडीले नेपालमा आन्तरिक रोजगारीको पर्याप्त अवसर नहुनु, गरिबी र देशको अस्थिर अवस्थाको कारण युवाहरुले वैदेशीक रोजगारीमा जाने गरेको बताउनुभएको छ ।चालु आ.वको हालसम्म ४८ वटा बैदैशिक रोजगारी सम्बन्धी समस्या दर्ताभएकोमा २६ वटा समाधान भएको र २२ वटा प्रक्रियामा रहेको बताउनुभयो ।
कार्यक्रम अवधिभर वित्तिय साक्षरतातर्फ ७ सय ६० जनाको व्यवहार परिवर्तन भएको,मानशिक समस्यामा रहेकालाई मनोसाजिक परामर्श प्रदान गरिएको,बैदेशिक रोजगारमा बा आमा गुमाएका बालबालिकालाई छात्रबृत्ति प्रदान,राहदानी बनाउने सेवाग्राहीलाई सूचनामा पँहुच,बैँक भौचर भर्न सहजिकरण लगाएतको काम गर्दै आएको कार्यक्रम संयोजक दुवाडीले बताउनुभयो ।
छलफल कार्यक्रममा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुबेदी,पत्रकार महासघका अध्यक्ष राजाराम शर्मा र बिभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मी सहभागी थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |