धादिंग , चाडपर्वको समयमा तोकिए भन्दा बढी भाडा ली यान्त्रुलाई दुःख दिने सवारी साधनलाई कारबाही गरिने भएको छ । शनिबार धादिङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको अध्यक्षतामा धादिङबेशीमा बसेको यातायात सुरक्षा सम्बन्धि बैठकले चाडपर्वको मौका छोपी सार्वजनिक सवारीमा यात्रा गर्नेसँग महङ्गो भाडा असुल गर्नेलाई कारबाही गर्ने निर्णय गरेको हो ।
बढि भाडा लिएको विषयमा अनुगमन गर्ने र कैफियत भेटिए कडा कारबाहि गर्ने, यात्रु बोक्न अनुमति पाएका बाहेकका यातायात साधनले यात्रु बोक्न नपाउने, क्षमता भन्दा बढि यात्रु बोक्न नपाउने, सबै यात्रुको अनिवार्य टिकट काटेको हुनुपर्ने र साथमा अनिवार्य चलानी हुनु पर्ने समेत निर्णय छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |