धादिङ,१३ श्रावण।
धादिङमा बैँक, वित्तिय संस्था तथा सहकारी कर्मचारी युनियनको तदर्थ समिति गठन गरिएको छ।
जिल्लामा छरिएर रहेका बैँक तथा वित्तिय र सहकारी क्षेत्रका कर्मचारीको हक अधिकार सुनिश्चित गर्नका लागि कर्मचारी युनियनको तदर्थ समिति गठन गरिएको हो ।
शनिबार धादिङबेसीमा भएको भेलाले गोकर्ण दुवाडीको संयोजकत्वमा ९ सदस्यिय तदर्थ समिति गठन गरेको छ । समितिको सचिवमा जिवन सिलवाल र सदस्यहरुमा खड्गकुमार श्रेष्ठ, नारायण सुवेदी, हरिहर लुइटेल, रेशम खतिवडा, नेत्रकुमारी उप्रेती, कृष्णप्रसाद सिलवाल र नारायण न्यौपानेलाई चयन गरेको छ ।
बैँक, वित्तिय सस्था तथा सहकारीका कर्मचारीको ट्रेड युनियन अधिकारका लागि कर्मचारीहरुलाई संगठित गरिएको संयोजक दुवाडीले बताउनुभयो।तदर्थ समितिले बैक, वित्तिय र सहकारी क्षेत्रका कर्मचारीहरु संगठित गरि जिल्ला अधिवेशन गर्ने दुवाडीले बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |