धादिङ,१४ ज्येष्ठ ।
धादिङमा लागुऔषध सेवन र कारोवार बढ्दै गएको छ । पछिल्लो तिन बर्षको तथ्याङ्क अनुसार जिल्लामा लागुऔषध सम्बन्धी अपराध बढ्दै गएको प्रहरीले जनाएको छ ।
आईतबार जिल्ला युवा समिति धादिङको आयोजनामा जिल्ला प्रहरी कार्यालयमा आयोजित लागुपदार्थ दुव्र्यसन तथा साइबर क्राइम सचेतनासम्बन्धी अन्तरक्रिया कार्यक्रममा पछिल्ला तिन बर्षको तुलनामा चालु आ.वमा लागुऔषध सेवन र कारोवार बढेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
आ.व २०७७।७८ मा १५ वटा, आ.व २०७८।७९ मा २९ र चालु आ.व २०७९।८० को हालसम्म ३६ वटा लागुऔषध मुद्दा दर्ता भएको प्रहरी उपरीक्षक मिश्रले बताउनुभयो । धादिङ जिल्लामा बढि हुने अपराधमध्ये लागुऔषध एक रहेको उहाँको भनाई छ ।
यो आ.वमा दर्ता भएका मुद्दामध्ये ३५ वटा फर्छौट भईसकेको र १ मुद्दा बाँकी रहेको बताउनुभयो । उक्त मुद्दाको ७० अभियुक्तहरुमध्ये ६७ जना पुरुष र ३ जना महिला रहेका छन् ।
जिल्लामा लागुऔषध सम्बन्धी अपराधहरु हुनुका कारण वा उद्धेश्यहरुमा प्रतिवादीको वयानअनुसार उनिहरुको आर्थिक स्थिती कमजोर भई आर्थिक आर्यआर्जन व्यापार गर्ने प्रयोजनले अपराध गरेको बताउनुभयो ।उहाँका अनुसार जिल्लामा अहिले प्रभावकारी सूचना संयन्त्र, चेकजाँचमा कडाई र प्रहरी सक्रियता बढाईएको छ ।
यस्तै जिल्ला युवा समिति धादिङकी अध्यक्ष सुनिता सिंखडाले लागुपदार्थ दुव्र्यसन तथा साइबर क्राइममा फसेर व्यक्तिगतसँगै परिवार र समाजलाई नै समस्याग्रस्त बनाएकोले यसको न्युनिकरणको लागि सबैले आ आफ्नो भूमिका निभाउनुपर्ने बताउनुभयो ।
सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा साईवर क्राइम, लागु औषध नियन्त्रण र कानूनी प्रावधान सम्बन्धि अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा बिभिन्न सरकारी तथा गैह्रसरकारी संघसस्था प्रमुख एवम प्रतिनिधी, समाजसेवी, सञ्चारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |