धादिङ,२७ श्रावण।
आज २४ औं अन्तर्राष्ट्रिय युवा दिवस, विभिन्न कार्यक्रम गरी मनाईएको छ।
दिवसको अवसरमा धादिङमा १६ जनाले रक्तदान गरेका छन्।
लायन्स क्लब अफ काठमाडौ ब्लड सर्कलको आयोजना तथा लायन्स क्लब अफ काठमाडौ सोसियल सर्कलको सहकार्यमा धादिङ अस्पताल परिसरमा भएको रक्तदान कार्यक्रममा ३ जना महिला र १३ जना पुरुष गरी १६ जनाले रक्तदान गरेको नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो।रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |