धादिङ। धादिङमा भोली बुधबारदेखी जिल्ला नकआउट फुटबल प्रतियोगिता सुरु हुदैँछ।
धादिङ जिल्ला फुटबल संघको आयोजनामा गजुरी गाउँपालिकास्थित गलौदी खेल मैदानमा भोलीदेखी प्रतियोगिता सुरु हुने एन्फा धादिङका महासचिव रामहरि थापाले बताए।
यस प्रतियोगितामा जिल्लाका १२ वटा क्लवहरुले खेल्ने भएका छन् ।जसमा नीलकण्ठको धादिङ फुटबल क्लव,सिद्धलेकको अरुणोदय युवा क्लव, पिपलटार युवा क्लव, लालिगुँरास युवा क्लव रहेको छ ।
ज्वालामुखीको शुभारम्भ युवा क्लव, धुनीबेसीको धादिङ जेसिस, संवाहक युवा क्लव र वच्छलादेवि युवा क्लव, बेनीघाट रोराङको हाइवे स्पोर्ट्स क्लव, थाक्रेको देवाली छाप युवा क्लव, आहुती युवा क्लव र गजुरीको मुनाल एकेडेमी रहेको छ ।
प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।जसमा उद्घाटन खेल सिद्धलेकको अरुणोदय युवा क्लव र थाक्रेको देवाली छाप युवा क्लवबिच हुने महासचिव थापाले बताए ।
त्यस्तै दोस्रो खेल बेनीघाट रोराङको हाइवे स्पोर्ट्स क्लव र धुनीबेसीको धादिङ जेसिसबिच हुनेछ भने तेस्रो खेल धुनीबेसीको वच्छलादेवि युवा क्लव र थाक्रेको आहुती युवा क्लवबिच हुनेछ ।
क्लबहरुलाई भोली बिहान ८ बजे उपस्थित हुन फुटबल संघले आग्रह गरेको छ ।
यो नकआउट प्रतियोगितामा जित्ने टोलीले जिल्ला लिगका लागि स्थान सुरक्षित गर्ने छ ।लिगका लागि यसअघि नै १० टिम छनोट भईसकेका छन् ।
नकआउट प्रतियोगिता सकिएपछी लिग सुरु हुने एन्फा धादिङका महासचिव थापाले बताए।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |