धादिङ,१५ ज्येष्ठ ।
धादिङ जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा चन्द्रोदय बुहमुखी क्याम्पसकी रचना श्रेष्ठ प्रथम भएकी छिन् ।
सिर्जनशीलता र उद्यमशीलता प्रबर्द्धताःबागमतीमा युवा सशक्तीकरण भन्ने मूल नारा सहित जिल्ला युवा समिति धादिङको आयोजना तथा प्रदेश युवा परिषद् बागमतीको आर्थिक सहयोगमा सोमबार धादिङबेशीमा भएको जिल्ला स्तरिय वक्तृत्वकला प्रतियोगितामा बेनिघाट रोराङ ५ मा रहेको चन्द्रोदयकी श्रेष्ठ प्रथम भएकी हुन् ।
जिल्ला स्तरियमा प्रथम भएकी रचना श्रेष्ठ जेठ २७ गते हुने बागमती प्रदेश स्तरिय वक्तृत्वकला प्रतियोगितामा छनौट भएकी छिन् । जिल्ला शिक्षा समन्वय इकाईको सभाहलमा “युवा र नवप्रवर्तन” विषयकमा भएको प्रतियोगितामा जिल्लाभरका बिभिन्न क्याम्पसका १० जना सहभागी थिए ।
प्रतियोगितामा चन्द्रोदय बुहमुखी क्याम्पसकै बिजय पाण्डे द्धित्तिय, धादिङबेशीमा रहेको नीलकण्ठ बुहमुखी क्याम्पसकी समिक्षा अधिकारी तृतीय भएकी छिन् । प्रतियोगितामा प्रथम, द्धित्तिय र तृतीय हुनेलाई क्रमश नगद रु १५ हजार,१० हजार र ५ हजारसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताको निर्णायकमा जिल्ला शिक्षा समन्वय इकाई धादिङका निमित्त प्रमुख कृष्ण कुमार श्रेष्ठ, नीलकण्ठ बुहमुखी क्याम्पसका सहायक प्राध्यापक देवी प्रसाद अधिकारी र नीलकण्ठ नगरपालिकाको सामाजिक विकास तथा कार्यक्रम शाखाकी शाखा अधिकृत विजया अर्याल हुनुहुन्थ्यो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान वि.कले समाजमा युवाको भूमिका महत्वपुर्ण हुने बताउनुभयो । राज्यको विभिन्न तह र सामाजिक कार्यहरुमा युवापंक्ति हुर्मुराएको भन्दै उहाँले युवाकै नेतृत्वबाट सामाजिक राजनैतिक आर्थिक तथा प्राविधिक विकास सम्भव हुने बताउनुभयो।
अहिले आयस्रोत भन्दा जाने स्रोत बढी रहेको र युवा हरु विदेशिनु चिन्ताको बिषय भएको बताउनुभयो । युवा समिति धादिङको अध्यक्ष सुनिता सिंखडाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख वि.कको प्रमुख आतिथ्यता रहेको थियो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |