धादिङ,०७ असार।
नेपाली काँग्रेसका सांसद रामनाथ अधिकारीले धादिङ र गोरखाका जनताहरु निराशामा रहेको बताउनुभएको छ ।बुधबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा बोल्दै सांसद अधिकारीले बुढिगण्डकी जलबिद्युत आयोजनाको अन्यौलताका कारण धादिङ र गोरखा जनताहरु निराशामा रहेको बताउनुभएको हो ।
देशकै गौरबको आयोजना भनिरहदा बजेट भाषणमार्फत पुर्नआवास र मुआब्जा वितरण कार्यालय खारेजीमा पर्नुले प्रभावित र बिस्थापित सँधै अन्यौलतामा रहनुपरेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘यो बर्ष ९८ करोड मुआब्जा वितरण गर्नुपर्ने तर दिन सकिएको छैन, ४२ अर्ब मुआब्जा वितरण भईसकेको छ,अब १ अर्ब वितरण गर्नुपर्नेमा कार्यालय नै खारेजमा पर्नु चिन्ताको बिषय हो।’
त्यस्तै उहाँले साँधभञ्ज्याङ खरि बुंकोटघाट सडक र सल्यान्टार बुढाथुम बसेरी सडक बजेटमा समावेश नभएको र समाबेश भएका योजनाहरुमा पनि २० हजार, ५० हजार, १ लाख मात्रै बजेटले के काम गर्ने भन्ने प्रश्न गर्नुभयो ।
अधिकारीले नीलकण्ठ नगरपालिकाको वडा नं १४ र ज्वालामुखी गाउँपालिकाको वडा नं १, २, ३, ४ मैदिकोट खानेपानीको योजना स्रोत सुनिश्चतताको अभावको कारण देखाउदै बन्द गरिएकोमा आपत्ति जनाउनुभयो ।
उहाँले भन्नुभयो,‘२० हजार जनता खानेपानीबाट बञ्चित रहेको अवस्थामा योजना बन्द हुँदा कुन ढंगबाट जनताको अगाडी कसरी मुख देखाएर जाने,तत्काल व्यवस्थापन गर्न सकेनौ भने गाउँ जाने अवस्था छैन, यसको तत्काल व्यवस्थापन गरियोस् ।’
उहाँले धादिङको उत्तरी क्षेत्र जोड्ने किन्ताङ खोलामा बेलिब्रिज बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
अधिकारी धादिङ प्रतिनिधि सभा क्षेत्र नं २ बाट निर्वाचित नेपाली काँग्रेसका सांसद हुनुहुन्छ ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |