काठमाण्डौ ।आजदेखि धादिङको धार्के–सितापाइला सडक अनिश्चितकालका लागि बन्द गरिएको छ ।
धार्के–ठूलोखोला खण्डमा दोस्रो लेयरको कालोपत्र गर्ने काम शुरु भएको भन्दै धार्के–सितापाइला सडकखण्ड बन्द गरिएको जनाएको छ ।
धुनिबेशी नगरपालिका वडा नम्बर–५ का वडाअध्यक्ष विशाल भट्टराईले आज सूचना निकालेर अर्को सूचना नआउन्जेलसम्मका लागि सडक बन्द भएको जानकारी दिनुभएको छ ।
सडक बन्द भएको समयमा अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको सूचनामा उल्लेख छ ।तस्बिर:सामाजिक सञ्जाल
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |