धादिङ,१९ जेठ ।
धादिङको धुनीवेशी नगरपालिका वडा नं ५ स्थित अमिलचौरमा निर्माण गरिएको धुनीवेशी पार्क अहिले आम्दानीको श्रोत बन्दै गएको छ ।
पार्कले स्थानीय तहलाई मात्रै नभई सो क्षेत्रमा विभिन्न व्यापार व्यवसाय गरी बस्नेहरुलाई समेत आम्दानीको बाटो बन्दै गएको छ । अहिले पार्कमा हरेक दिन दैनिकजसो एक सयको हाराहारीमा आन्तरिक पर्यटकहरु आउने गरेका छन् । बिदा र चाड पर्वको समयमा निकै भिड लाग्ने गरेको छ ।
धुनीवेशी नगरपालिका भित्र रहेको प्राकृतिक तथा भौतिक कुराहरुको संरक्षण, नगरभित्रको धार्मिक एवम साँस्कृतिक पक्षको जगेर्ना गरी आन्तरिक तथा बाह्य पर्यटक भित्राउने लक्ष्यका साथ पार्क निर्माण गरिएको नगरपालिका प्रमुख बालकृष्ण आचार्यले बताउनुभयो ।
पार्क भित्र स्वीमिङपुल, सङग्रालय, देवीको मुर्ती, हाईकिङ लगायत अन्य आर्कषक संरचना निर्माण गरिने आचार्यले बताउनुभयो। राजधानी काठमाडौँ प्रवेश गर्ने धार्के सितापाईला बैकल्पिक मार्ग पनि भएकोले आन्तरिक तथा बाह्य पर्यटकको लागि पार्क आकर्षकको केन्द्र बन्ने नगर प्रमुख आचार्यको भनाई छ ।
नगरपालिकाले पार्क सञ्चालनको जिम्मा वडालाई नै दिएको र पार्कबाट आम्दानी भएको रकम वडाको विकास लगाएतका काममा खर्चिने नगरपालिकाले जनाएको छ ।
सो पार्कको व्यवस्थापनको जिम्मा अमिलचौरका स्थानियले लिएका छन् । पार्कमा अहिले पिकनिक स्पोट, बिधुतिय पिङ र फोटो खिच्ने स्थान मुख्य आकर्षण रहेको छ भने कृतिम चिडियाखानाको निर्माणको काम भईरहेको छ ।
नगरपालिका र बागमती प्रदेश अन्तरगत उद्योग,पर्यटन वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा निर्माण सुरु गरिएको उक्त पार्क ३ सय रोपनी क्षेत्रफलमा फैलिएको ।
पार्क निर्माणले पुर्णता पाउँदासम्म करिव २४ करोड रुपैयाँ लाग्ने नगरपालिकाले जनाएको छ ।तस्विर:शिव सिलवाल
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |