धादिङ,३१ बैशाख ।
सिद्धलेक गाउँपालिकाका कृषकहरुलाई नर्सरी बिरुवा उत्पादनमा प्लाष्टिक ट्रे र कोकोपिटको प्रयोग र महत्वसम्बन्धी तालिम संचालन गरिएको छ ।
गाउँपालिकाको कृषि विकास शाखाको आयोजनामा ७ वटै वडाका कृषकहरुको लागि तालिम संचालन गरिएको कृषि विकास शाखा प्रमुख कोमल प्रसाद जोसीले जानकारी दिनुभयो ।
कृषकहरुलाई उत्पादन र उत्पादकत्व बढाउने र कृषिमा प्रविधिको प्रयोग गर्ने उद्धेश्यले संचालन गरिएको तालिममा नर्सरी कसरी स्थापना गर्ने, विउ उत्पादन, प्लाष्टीक घरमा तरकारी खेती संचालन गर्ने तरिका, रोग किरा पहिचान तथा व्यवस्थापन, ट्रे भनेको के हो ? कोकोपिट भनेको के हो ? कसरी प्रयोग गर्ने लगायतका विषयमा जानकारी दिइएको जोसीले बताउनुभयो।
तालिममा प्रत्येक वडाबाट ६० जना कृषकहरुहरुको सहभागिता रहेको छ । सहभागि कृषहरुलाई किरेट, कोकोपिट, टे« वितरण गरिएको जोसीले बताउनुभयो।
हालसम्म वडा नं १, २, ४ र ५ का कृषकहरुको तालिम सम्पन्न भइसकेको छ भने बाँकी रहेका ३, ६ र ७ वडामा पनि संचालन गरिने कृषि विकास शाखा प्रमुख जोसीले बताउनुभयो।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |