धादिङ।सिद्धलेक गाउपालिका वडा नम्बर २ स्थित ठाँटीभञ्ज्याङमा रहेको नलाङ स्वास्थ्य चौकीमा प्रयोगशाला(ल्याब) सेवा सुरु भएको छ।
सिद्धलेक गाउँपालिकामा पहिलो पटक नलाङ स्वास्थ्य चौकीमा प्रयोगशाला स्थापना गरिएको हो।प्रयोगशालाको सोमबार सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाले एक समारोहका बीच उद्घाटन गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष खतिवडाले स्वास्थ्य चौकीबाट नै आसपासका स्थानीयलाई सेवा दिने उद्देश्यका साथ प्रयोगशाला सञ्चालनमा ल्याइएको बताउनुभयो।उहाँले प्रयोगशाला सम्बन्धी सेवाको लागी अब नागरिकहरुलाई अन्यत्र जानु नपर्ने र गुणस्तरीय सेवा स्वास्थ्य चौकीबाटै पाउने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै गाउपालिका उपाध्यक्ष सविता अर्यालले प्रयोगशालाबाट गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउनुभयो। उहाँले नागरिकको अपेक्षाअनुसार यसरी स्वास्थ्य चौकीहरूबाट सेवा उपलब्ध हुनु खुसीको कुरा भएको बताउनुभयो।
कार्यक्रममा वडा नं–२ का वडाध्यक्ष तथा स्वास्थ्य चौकीका अध्यक्ष शम्भु गुरुङ(सागर)ले स्वास्थ्य चौकीलाई भौतिक रूपमा सुविधा सम्पन्न बनाउने भन्दै प्राप्त हुने सुविधा उपलब्ध गराउन सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।उहाँले प्रयोगशालालाई स्रोत, साधन र जनशक्ति कम हुन नदिने बताउनुभयो।
प्रयोगशालाबाट हेमाटोलोजी परीक्षण, इम्युनोलोजी र सेरोलोजी परीक्षण, बायोकेमिस्ट्रि परीक्षण र प्याथोलोजी परीक्षण अन्तर्गतको विविध सेवाहरु धादिङ अस्पतालकै रेटमा सशुल्क प्रदान गरिनेस्वास्थ्य चौकीका इञ्चार्ज अजय कुमार यादवले जानकारी दिनुभयो ।
इम्युनोलोजी र सेरोलोजी परीक्षण अन्तर्गतका एचआईभि र पि.एम.टि.सि.टि तथा प्याथोलोजी परीक्षण अन्तर्गत स्पाटम एएफबि परीक्षण भने निःशुल्क रहेको यादवले बताउनुभयो।गाउँपालिकाद्धारा विनियोजित बजेटबाट प्रयोगशाला स्थापना गरिएको हो ।
ल्याव प्रयोगशाला स्थापनासंगै स्थानीयबासीलाई रगत, दिशापिसाब, खकार जाँच गर्नुको साथै सुगर परिक्षण, एचआईभी एड्स लगायतका परिक्षण गर्न सहज हुने भएको छ ।वडाबासीलाई ल्याव परिक्षण गर्न सदरमुकाम धादिङबेशी जानुपर्ने अबस्था थियो।
यसैगरी सोही कार्यक्रमको अवसरमा स्वास्थ्य चौकीको नवनिर्मित भवन पनि उद्घाटन गरिएको छ ।
भारत दुताबासको सहयोगमा स्वास्थ्य चौकी निर्माणको लागी २०७७ साल फागुन १४ गते तुदी कन्ट्रक्शन प्रालि सानेपालाई ठेक्का दिइएको थियो ।२ करोड २ लाख २९ हजार लागतमा ७ कोठे भवन निर्माण सम्पन्न भएको स्वास्थ्य चौकीका इञ्चार्ज यादवले बताउनुभयो।
निर्माण सम्पन्न पश्चात २०७९ साल चैत ५ गते स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको भवनको उद्घाटन भने हिजो सोमबार गरिएको हो।
वडा नं–२ का वडाध्यक्ष तथा स्वास्थ्य चौकीका अध्यक्ष शम्भु गुरुङ(सागर)को अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष खतिवडाको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष अर्यालको विशेष आतिथ्यता रहेको थियो ।कार्यक्रममा गाउँपालिकाको बिभिन्न शाखाका प्रमुखहरु,बिभिन्न राजनितिक दलका प्रमुख एवम प्रतिनिधि, समाजसेवी लगाएतको आतिथ्यता रहेको थियो ।
सिद्धलेक गाउँपालिकामा हाल स्वास्थ्य चौकी ३ वटा, ४ आधारभुत स्वास्थ्य केन्द्र वटा, १ सामुदायिक स्वास्थ्य ईकाई, ४ स्वास्थ्य सेवा विन्दु, ९ गाउँघर क्लिनिक वटा,१० खोप केन्द्र र १ सुरक्षित गर्भपतन केन्द्र रहेको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |