धादिङ । नीलकण्ठ नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
आर्थिक बर्ष २०८०/०८१ मा भएको सेवा प्रवाह नीति कार्यक्रम र बजेटका विषयमा शुक्रबार धादिङबेशीमा सार्वजनिक सुनुवाई गरिएको हो ।
कार्यक्रममा योजना र सेवा प्रवाहका सन्दर्भमा जनताका गुनासो आएका थिए ।
जनताको मर्म र भावनालाई बुझेर काम हुनुपर्ने आशा भएपनि हुँदै गरेका कामहरुको समेत गुणस्तरीयता नभएको र विकासको काम ओझेलमा परेको सहभागिहरुले गुनासो गरेका छन् ।
कार्यक्रममा द्रोण आचार्यले असारे विकासलाई बन्द गरि आर्थिक वर्ष परिवर्तन गर्नुपर्ने सुझाव राख्नुभएको थियो।
त्यस्तै कृष्णप्रसाद सिलवालले बजार क्षेत्रम खानेपानीको चरम अभाव रहेको, सार्वजनिक शौचालय नहुँदा सार्वसाधरणलाई समस्या परेको गुनासो राख्नुभएको छ।
धादिङबेशीको केहि टोलहरुमा लागुपदार्थ सेवन लगायत अनैतिक क्रियाकलापहरु बढेको, सिरानबजारमा प्रहरी बिट स्थापना गर्नुपर्ने, नगरपालिकाले स्थानीय उत्पादनलाई प्राथमिकता दिई बाहिर बाट ल्याउने तरिकारीहरुमा नियणन्त्र गर्नुपर्ने, पार्किङ अस्तव्यस्त बनेको, बसपार्क व्यवस्थित बनाउनुपर्ने लगाएतका गुनासा तथा समस्याहरु सहभागिहरुले राखेका थिए ।
त्यस्तै सहभागिहरुले बजारमा अत्यधिक रुपमा मुल्यवृद्धि बढ्दा नागरिकहरु मारमा परेकोले बजार अनुगमनलाई व्यवस्थित रुपमा निरन्तरता दिन आग्रह समेत गरेका छन् ।
कार्यक्रममा शान्ति सुरक्षाको विषयमा उठेका प्रश्नहरुको प्रहरी उपरिक्षक गौतम के.सी ले जवाफ दिनुभएको थियो भने प्रशासनसँग सम्बन्धित प्रश्नको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे र नगरपालिकासँग सम्बन्धीत उठेका प्रश्नहरुको बारेमा नगर प्रमुख भिम प्रसाद ढुंगाना र उपप्रमुख दिपक विश्वकर्माले जवाफ दिनुभएको थियो ।
नगर प्रमुख ढुंगानाले नागरिकको समस्या र गुनासोको संवोधन गर्दै जाने बताउनुभयो । उहाँले योजना बनाएर आउन र पालिकाले दिने सेवाहरू लिनको पछि नपर्न आग्रह गर्नुभयो ।
नगरपालिकाले धेरै राम्रा कामको सुरुवात गरेको भन्दै प्रमुख ढुंगानाले भएका कामको प्रचार गर्न पनि आग्रह गर्नुभयो ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |