धादिङ । नेकपा एमाले त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ३ मुलपानी कमिटीको दोस्रो अधिवेशन बिहीबार सम्पन्न भएको छ ।
अधिवेशनले भिमकुमार थापाको नेतृत्वमा १९ सदस्य कमिटी गठन गरेको छ ।
जसको उपाध्यक्षमा जगदिश अधिकारी, सचिवमा बद्री बानियाँ, उपसचिवमा सुस्मिता दर्नाल र सोबिता अधिकारी चयन हुनुभएको छ ।
वडा कमिटी अध्यक्ष कमल थापा मगरको अध्यक्षतमा,नेकपा एमाले मुलपानीको संस्थापक संयोजक लोकेन्द्र थापाको प्रमुख आतिथ्यता तथाप्रदेश कमिटी सदस्यद्वय शम्भु थापा र उमेश थापा, जिल्ला कमिटी सदस्य एवम् त्रिपुरा सुन्दरी गाउँपालिका कमिटी इन्चार्ज बलबहादुर अधिकारीको विशेष हातिथ्यता रहेको कार्यक्रममा जिल्ला कमिटी सदस्य एवम् वडा इन्चार्ज सगुन थापा मगर, पालिका कमिटी अध्यक्ष बाबुकृष्ण श्रेष्ठ, पालिका कमिटी निवर्तमान अध्यक्ष हरी पन्त,पालिका कमिटी सदस्य एवम् नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका केन्द्रिय सदस्य एलिना मगर, पालिका कमिटी सदस्य शिव अधिकारी, पालिका कमिटी सदस्य एवम् अखिल महिला संघ जिल्ला कमिटी सदस्य कृष्ण कुमारी कार्की, पालिका कमिटी सदस्य बुद्धिमान थापा, पालिका कमिटी सदस्य एवम् नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनका केन्द्रिय सदस्य एलिना मगर, पालिका कमिटी सदस्य कृष्ण सारु मगर लगायतका सहभागी थिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |