धादिङ । नेकपा एमाले धादिङले जिल्लाका १३ वटै पालिकाको अधिवेशन मिति तय गरेको छ।जिल्ला कमिटीले बैशाख महिनाभित्रै १३ पालिकाको अधिवेशन गर्ने तयारी गरेको हो।
एमाले धादिङका उपसचिव उर्मिला रेग्मीका अनुसार यहि बैशाख ११ र १२ गते गंगाजमुना, १२ र १३ गते त्रिपुरासुन्दरी, १३ गते सिद्धलेक, १४ र १५ ज्वालामूखी, १६ र १७ बेनिघाट रोराङ, बैशाख १८ र १९ गजुरी, बैशाख १९ र २० नेत्रावती डबजोङ, बैशाख २२ र २३ नीलकण्ठ, बैशाख २४ र २५ गल्छी, बैशाख २६ र २७ धुनीबेसी, बैशाख २७ र २८ थाक्रे, बैशाख २९ गते खनियाबास, र बैशाख ३० गते रुबीभ्यालीको पालिका अधिवेशन गरिने भएको छ ।
१० हजार संगठित सदस्य रहेको एमालेले यस वर्ष करिब ३ हजार नयाँ सदस्यले आवेदन दिएको र पुराना मध्ये ७ हजारले नविकरण गरेको बताएको छ।
पालिका अधिवेशनपछी वडा अधिवेशन गर्ने तयारी रहेको एमाले धादिङले जनाएको छ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |