एसीसी प्रिमियर कप २०२४ अन्तर्गत दोस्रो खेलमा पनि नेपाल बिजयी भएको छ ।आज भएको खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको हो।
ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपालले दिएको २११ रनको विशाल लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर जम्मा १७८ रनमात्र बनाउन सक्यो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २१ बलमा ३ चौका र ७ छक्काको मद्दतमा ६४ रन र आसिफ शेखले ५२ रनको योगदान गरेपछि कतारले २११ रनको विशाल लक्ष्य पाएको थियो ।
कतारका लागि कप्तान मोहम्मद तनवीरले ३३ बलमा ६३ रन, मोहम्मद अनाफले २३, कमरान खानले १८, अदान मिर्जाले १९, हिमांशु राथोडले १८ रन जोडे ।
बलिङतर्फ नेपालका दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी र गुल्सन झाले २/२ तथा कुशल मल्ल र अविनाश बोहराले १/१ विकेट लिए ।
पाविल प्रकाशन प्रालि द्धारा संचालित
धादिङ आवाज डट कम Dhading awaj.com
नीलकण्ठ नगरपालिका वडा नं ३ धादिङ
०१०५२०६१५ ,९८५११६६३७१ ,९८५११२८२२८
सुचना विभाग दर्ता नम्बर: | ३६२५ -२०७९/०८० |
प्रेस काउन्सिल सुचिकरण: | - |
संचालक: | दामोदर अर्याल |
सम्पादक: | सुनिता कडेल |